काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको नाफा २३.०५ प्रतिशतले बढेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १ करोड ९ लाख बढी खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ८९ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म ३ करोड ३६ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ३ करोड ११ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको थियो ।
यस अवधिसमा कम्पनीको कुल खर्च केही घटेको छ । अघिल्लो आवमा २ कराड २० लाख रहेको कम्पनीको कुल खर्च घटेर २ करोड १२ लाखमा सीमित बनेको छ ।
कम्पनीको चुक्तापूँजी १४ करोड ७४ लाख रुपैयाँ छ भने रिजर्भको आकार ४ करोड ४५ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने रिजर्भको आकार ४ करोड ९२ लाख रुपैयाँ रहेको थियो । कम्पनीको दीर्घकालिन कर्जा १५ करोड ३० लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ७.४६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३०.२१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४१.६१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १६०.८९ गुणा कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।