काठमाण्डौ । सिन्धु विकास बैंक नाफामा गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आवको चौथो त्रैमासिक प्रतिवेदनअनुसार बैंकको नाफा ९९.४३ प्रतिशतले घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १७ करोड ७० लाख रुपैयाँ रहेको बैंकको नाफा १० लाखमा सीमित बनेको छ ।
बैंकको खुद ब्याज आम्दानी भने बढेको छ । अघिल्लो आवमा १३ करोड ८३ लाख रहेको बैंकको ब्याज आम्दानी बढेर १४ करोड ३५ लाख पुगेको छ । यस्तै बैंकको खुद शुल्क तथा कमिशन आम्दानी समेत बढेको छ । अघिल्लो आवमा १ करोड ३१ लाख रुपैयाँ रहेको खुद शुल्क तथा कमिशन आम्दानी बढेर १ करोड ४३ लाख पुगेको छ । बैंकको सञ्चालन खर्च १८ करोड ३८ लाख रुपैयाँबाट घटेर १७ करोड ५६ लाख पुगेको छ ।
यो अवधिमा बैंकले इम्पेयरमेन्ट चार्ज ३ करोड ८१ लाखले रिभर्सल भएको छ । बैंकको रिटेन्ड अर्निङ २३ करोड ६६ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ भने रिजर्भमा २१ करोड ९२ लाख रुपैयाँ सञ्चित रहेको छ ।
समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ५ अर्ब ६८ करोडबाट घटेर ५ अर्ब ४१ करोड रुपैयाँमा सीमित बनेको छ । बैंकको कर्जा प्रवाह भने ३ अर्ब २० करोडबाट बढेर ३ अर्ब ३२ करोड पुगेको छ ।
बैंकको वितरणयोग्य मुनाफा भने २३ करोड ६६ लाख रुपैयाँले ऋणात्मक छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) ०.१८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ११००.५५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९६.८७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३७२९.१९ गुणा र तरलता अनुपात ३७.२४ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।