काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्तको खुद ब्याज आम्दानी बढेसँगै नाफामा उछाल आएको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म ४० करोड ११ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४३५.३३ प्रतिशतले बढी हो । अघिल्लो आवमा संस्थाको खुद नाफा ७ करोड ४९ लाख थियो ।
संस्थाले समीक्षा अवधिसम्म १ अर्ब ७४ लाख लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३४.१३ प्रतिशतले बढी हो । अघिल्लो आवमा संस्थाले ७५ करोड १० लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।
संस्थाको खुद सञ्चालन आम्दानी १ अर्ब ६ करोड १४ लाख र सञ्चालन मुनाफा ५८ करोड २१ लाख रहेको छ । संस्थाको वितरणयोग्य मुनाफा ३८ करोड ३५ लाख र लाभांश क्षमता ५९.१६ प्रतिशत पुगेको छ ।
यो अवधिमा संस्थाको रिटेन्ड अर्निङ र रिजर्भ ५५ करोड ६८ लाख रुपैयाँबाट बढेर ९२ करोड ४३ लाख रुपैयाँ पुगेको छ । संस्थाको निक्षेप संकलन र कर्जा प्रवाह पनि दुवै बढेको छ । निक्षेप संकलन ३ अर्ब ६१ करोड रुपैयाँबाट बढेर ४ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।
कर्जा प्रवाह पनि ९ अर्ब ६७ करोड रुपैयाँबाट बढेर १० अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) १२.११ रुपैयााबाट बढेर ६१.८७ रुपैयाँ पुगेको छ । यो अवधिमा संस्थाको खराब कर्जा अनुपात १०.१६ प्रतिशतबाट घटेर ८.७० प्रतिशतमा सीमित बनेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर नेटवर्थ २४२.५८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८३५.१२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १७.१३ गुणा र तरलता अनुपात ११.१६ प्रतिशत कायम छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।