काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ४ करोड ४३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले २ करोड ५५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । यसरी कम्पनीको नाफा ७३.६३ प्रतिशतले बढेको छ ।
कम्पनीको विद्युत बिक्री आम्दानी केही घटेको छ । कम्पनीले चौथो त्रैमाससम्म विद्युत बिक्रीमार्फत २२ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्रीबाट २३ करोड २४ लाख आर्जन गरेको थियो ।
यो अवधिमा कम्पनीको प्रशासनिक खर्च १ करोड २१ लाखबाट घटेर ९३ लाख २६ हजारमा सीमित बनेको छ । वित्त खर्च पनि ९ करोड ९४ लाखबाट घटेर ९ करोड ९३ लाखमा झरेको छ ।
कम्पनीको चुक्तापूँजी १ अर्ब १७ करोड रुपैयाँ छ ।
कम्पनीको कुल चालु सम्पत्ति २३ करोड ९८ लाख र कुल चालु दायित्व ४२ करोड ८१ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३.७८ रुपैयाँ , प्रतिसेयर नेटवर्थ १०९.५९ रुपैयाँ,मूल्य आम्दानी अनुपात ११२.६७ गुणा र तरलता अनुपात ०.४५ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।