काठमाण्डौ । विद्युत बिक्री आम्दानीमा गिरावट आउदा सानिमा माई हाइड्रोपावरको नाफा घट्न पुगेको छ । कम्पनीले गत आवको चौथौ त्रैमाससम्म २९ करोड ३४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८.४२ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ३२ करोड ४ लाख खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले गत आवमा विद्युत बिक्री गरेर ५१ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने यस्तो रकम ६८ करोड ४८ लाख थियो । कम्पनीको वित्त खर्च ६ करोड ९० लाखबाट घटेर २ करोड ५५ लाखमा सीमित बनेको छ । वित्त आम्दानी भने ९५ लाख ८० हजारबाट घटेर ३५ लाख ८२ हजारमा सीमित बनेको छ ।
कम्पनीको चुक्तापूँजी ३ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ रहेकोमा रिटेन्ड अर्निङ १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको इपीएस ७.८५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३७.५० रुपैयाँ, पीई रेसियो ६२.४२ गुणा र तरलता अनुपात १.९८ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।