काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले घाटाबाट बाहिरिँदै नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म १३ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था ८ करोड ९८ लाख घाटामा थियो ।
आम्दानी बढेसँगै र इम्पेयरमेन्ट चार्ज घटेसँगै संस्था नाफा आर्जन गर्न सफल भएको हो ।
संस्थाले २९ करोड ५३ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवको समीक्षा अवधिसम्म संस्थाले २८ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चौथो त्रैमाससम्म संस्थाको खुद सञ्चालन आम्दानी ४३ करोड ६४ लाख र सञ्चालन मुनाफा २० करोड ९२ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो आवमा इम्पेयरमेन्ट चार्जका लागि ३४ करोड १९ लाख छुट्टाएको संस्थाले समीक्षा अवधिमा भने ५२ लाख ८६ हजारको मात्रै व्यवस्था गरेको छ । यो अवधिसम्म संस्थाको निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म २ अर्ब ४३ करोड निक्षेप संकलन गरेको संस्थाले समीक्षा अवधिसम्म भने २ अर्ब ५१ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ।
यस्तै संस्थाले ३ अर्ब १६ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले ३ अर्ब २ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको थियो ।
संस्थाको खराब कर्जा अनुपात घटेको छ । संस्थाको खराब कर्जा अनुपात २०.६६ प्रतिशत कायम भएको छ । अघिल्लो आवमा संस्थाको खराब कर्जा अनुपात २१.०६ प्रतिशत कायम थियो ।
यस्तै संस्थाको वितरणयोग्य मुनाफा २० करोड १५ लाख रुपैयाँ रहेको छ भने लाभांश क्षमता ६९.१७ रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ४७.०३ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ २८५.०९ रुपैयाँ,मूल्य आम्दानी अनुपात ३१.१७ गुणा ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४१५.३३ रुपैयाँ र तरलता अनुपात २५.७५ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।