काठमाण्डौ । छ्याङदी हाइड्रोपावरले गत आवको चौथो त्रैमाससम्म १ करोड ३३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ४ करोड ९७ लाख रुपैयाा घाटामा थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो त्रैमासको तुलनामा बढेको छ । अघिल्लो आवमा १४ करोड १ लाख रहेको कम्पनीको विद्युत बिक्री आम्दानी १७ करोड ६० लाख पुगेको छ ।
कम्पनीको प्रशासनिक खर्च १ करोड ३६ लाखबाट बढेर १ करोड ८४ लाख पुगेको छ । यस्तै ह्रासकट्टी खर्च ४ करोड ९२ लाखबाट घटेर ४ करोड ८६ लाखमा सीमित बनेको छ । अघिल्लो आवमा ९ करोड ६५ लाख रहेको वित्त खर्च भने घटेर ५ करोड ६८ लाखमा सीमित बनेको छ ।
समीक्षा अवधिमा कम्पनीको रिटेन्ड अर्निङ १९ करोड ४५ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १.७२ रुपैयाँ , प्रतिसेयर नेटवर्थ ८४.२९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १४८.७७ र तरलता अनुपात २.०८ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।