काठमाण्डौ । बुङ्गल हाईड्रो लिमिटेडले वित्त खर्च घटाउँदै घाटाको अन्तर छोट्टाएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म वित्त खर्च २२ करोड ५ लाखबाट घटाएर १४ करोड ८२ लाखमा झारेको छ ।
यस्तै कम्पनीको विद्युत बिक्री आम्दानी पनि २७ करोड २२ लाखबाट बढेर २८ करोड २४ लाख पुगेको छ । यही कारण कम्पनीले आफ्नो घाटा कम गर्न सफल भएको छ । अघिल्लो आवमा ११ करोड ९१ लाख रहेको कम्पनीको घाटा ३ करोड १८ लाखमा सीमित बनेको छ ।
यद्यपी कम्पनीको रिजर्भको आकार भने १५ करोड ४२ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ३.८४ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ८१.४२ रुपैयाँ र तरलता अनुपात ०.२१ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।