शुक्रबार, श्रावण २९,२०८३ 08:24:35
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 08:24:35
Bizshala
Global IME Bank Limited

फन्डामेन्टल कमजोर कम्पनीमै लगानीकर्ताको जबरजस्त आकर्षण, लो-क्याप स्टकमा चलखेलको जोखिम ?

Prabhu Bank Limited
फन्डामेन्टल कमजोर कम्पनीमै लगानीकर्ताको जबरजस्त आकर्षण, लो-क्याप स्टकमा चलखेलको जोखिम ?
New Office

काटमाण्डौ । नेपालको सेयरबजारमा पछिल्लो समय नयाँ कम्पनीहरू नेप्सेमा सूचीकृत हुने क्रम तीव्र छ । तर बजारमा कम्पनीको संख्या बढ्दै जाँदा यी कम्पनीको वित्तीय अवस्था र लगानीकर्तालाई दिने प्रतिफल भने कस्तो छ ? भन्ने प्रश्न उठ्न थालेको छ ।

पछिल्लो एक वर्षमा सर्वसाधारणका लागि आईपीओ जारी गरेर बजारमा प्रवेश गरेका नयाँ कम्पनीहरुको वित्तीय अवस्था केलाउने हो भने अधिकांशको चित्त बुझ्दो छैन ।  

नेपाल धितोपत्र बोर्डले गत वर्षयता आईपीओ निष्कासनको अनुमति दिएका अधिकांश कम्पनीको वित्तीय अवस्था हेर्दा सन्तोषजनक नदेखिएपनि दोस्रो बजारमा भने उस्तै कम्पनीको बढी चर्चा हुने र उक्त कम्पनीहरुकै सेयरमूल्य उचालिने क्रम बढ्दो देखिन्छ ।  

गत आर्थिक वर्ष २०८२–८३ को वित्तीय रिपोर्ट हेर्दा आधा जस्तो कम्पनी घाटामा देखिएका छन् भने आधा कम्पनी नाफामा रहेपनि अघिल्लो आवको तुलनामा अधिकांशको नाफा घटेको देखिन्छ । यस्तो अवस्थाले यी कम्पनीहरुले सबल वित्तीय रिपोर्टको ‘फेक डकुमेन्ट’देखाएर सेयर बेच्ने गरेको विश्लेषकहरुको अनुमान छ ।,  

साथै पछिल्लो समय बजारमा आएका नयाँ कम्पनीको वित्तीय क्षमता र आईपीओमार्फत बजारमा भित्रिने कम्पनीको गुणस्तरमाथि समेत प्रश्न उठ्न थालेको छ ।

विशेषगरी जलविद्युत् क्षेत्रमा नयाँ कम्पनीको संख्या तीव्र रूपमा बढेको छ । नेप्सेमा सूचीकृत जलविद्युत् कम्पनीको संख्या एक सयभन्दा माथि पुगिसकेको छ । तर तीमध्ये धेरै कम्पनीको वित्तीय अवस्था नाजुक र लाभांश दिने क्षमता पनि कमजोर रहेको विश्लेषणहरू बताउँछन् ।  

यस्तो अवस्थामा लगानीकर्ताका लागि आईपीओ पर्नु मात्रै पर्याप्त नहुने देखिन्छ । कम्पनीको नाफा, प्रतिशेयर आम्दानी, नेटवर्थ, ऋणको अवस्था, नगद प्रवाह र भविष्यमा लाभांश दिन सक्ने क्षमता समेत हेर्नुपर्ने हुन्छ ।

अर्थात्, अब प्रश्न ‘आईपीओ कुन कम्पनीको खुल्यो ?’ भन्ने मात्रै होइन, ‘कम्पनी कस्तो छ र भविष्यमा लगानीकर्तालाई के दिन सक्छ ?’ भन्ने पनि हुनुपर्ने देखिन्छ ।

सेयरबजारमा नयाँ कम्पनी थपिँदै जानु सकारात्मक भए पनि कम्पनीको गुणस्तर, पारदर्शिता र वित्तीय सबलतामा पनि उत्तिकै ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।

फन्डामेन्टल कमजोर, तर आकर्षण जबरजस्त !

धितोपत्र दोस्रो बजारमा पछिल्लो समय आएका कम्पनीहरुको वित्तीय अवस्था कमजोर देखिएपनि लगानीकर्ताहरुको आकर्षण भने यस्तै कम्पनीमा बढी देखिन्छ ।  

विशेषगरी लगानीकर्ताहरुले पछिल्लो समय बजारमा प्रवेश गरेका कम्पनीलाई ‘जेनजी स्टक’को नाम दिएका छन् । जेनजी स्टकको नामबाट एकवर्षयता आएका कम्पनीलाई सम्बोधन गर्दै यी कम्पनीहरुको निकै चर्चा हुने गरेको छ ।  

विशेषगरी पछिल्लो समय आएका कम्पनीहरुको सूचीकृत संख्या कम हुनु अर्थात् लो क्याप कम्पनी रहेकाले यस्तो कम्पनीमा लगानीकर्ताको आकर्षण बढी देखिएको हो । बजारमा सीमित सेयर संख्या हुँदा माग बढ्नु र यस्तै थोरै कित्ता भएको कम्पनीमा सेयर चलखेल गर्न पनि सेयर खेलाडीहरुलाई सहज हुने देखिन्छ ।  

विशेषगरी नेपालको सेयरबजारमा पछिल्लो समय कम्पनीको वित्तीय अवस्थाभन्दा पनि सेयरको मूल्यमा हुने छोटो अवधिको उतारचढावले लगानीकर्ताको ध्यान तान्ने गरेको देखिन्छ ।

कम बजार पूँजीकरण भएका कम्पनीमा सेयरको आपूर्ति तुलनात्मक रूपमा कम हुने भएकाले माग बढ्दा मूल्यमा तीव्र उतारचढाव आउन सक्छ । यही कारणले छोटो अवधिको कारोबार गर्ने लगानीकर्ताको ध्यान यस्ता कम्पनीतर्फ जाने गरेको देखिन्छ ।

अर्कोतर्फ, बजारमा छोटो अवधिको नाफा कमाउने ट्रेडर हाबी हुनु वा मानसिकता बलियो रहेकोले फन्डामेन्टल रुपमा कमजोर भएका स्टकमा समेत आकर्षण देखिने गरेको विश्लेषणहरू बताउँछन् । 

तर आकर्षणसँगै यस्तै लो क्याप र नयाँ कम्पनीहरुमा बढी सेयरमूल्यमा चलखेल हुने र पम्प एण्ड डम्पको पनि जोखिम बढ्ने देखिन्छ ।  

CG Motors

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X