शुक्रबार, भाद्र ५,२०८३ 09:45:24
Bizshala
  • शुक्रबार, भाद्र ५,२०८३ 09:45:24
Bizshala
Global IME Bank Limited

रसुवा हाइड्रोपावरद्वारा विशेष साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

रसुवा हाइड्रोपावरद्वारा विशेष साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
New Office

काठमाण्डौ । रसुवा हाइड्रोपावर लिमिटेडले कम्पनीको विशेष साधारण सभा जेठ २० गते आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको भदौ ४ गते बसेको बैठकले विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो।

कम्पनीका अनुसार विशेष साधारण सभा भदौ २० गते बिहान ११ बजे काठमाण्डौको सामाखुसी–२६ स्थित कम्पनीको कार्यालयमा बस्नेछ। सभामा कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गरी प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने प्रस्ताव पेश हुनेछ। त्यस्तै, आयोजनामा थप लगानी गर्ने सम्बन्धमा समेत छलफल तथा निर्णय गरिनेछ।

Bizshala
CG Motors

सभाको कार्यसूचीमा कम्पनीमा रहेको जोडा सेयरको बिक्री तथा सेयर लागत प्रमाणीकरण सम्बन्धी प्रस्ताव पनि समावेश गरिएको छ। यसैगरी, आयोजनालाई कर्जा प्रदान गर्ने एनआईसी एशिया बैंकसँगको एसएलए अनुसार कर्जा सुविधा लिने सम्बन्धमा समेत सभाबाट निर्णय लिइनेछ।

कम्पनीले कर्पोरेट ग्यारेन्टीसम्बन्धी प्रस्तावसमेत विशेष साधारण सभामा पेश गर्ने जनाएको छ। आयोजनाको कार्यसम्पादन तथा निर्माणसम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव पनि कार्यसूचीमा राखिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.