सोमबार, भाद्र ८,२०८३ 07:04:24
Bizshala
  • सोमबार, भाद्र ८,२०८३ 07:04:24
Bizshala
Global IME Bank Limited

सरकार गठनपछि पूँजीबजारमा ६ खर्ब डुब्यो, अर्थमन्त्री भने चिठ्ठा खेलाउनमै व्यस्त छन् : सांसद सङ्ग्रौला

सरकार गठनपछि पूँजीबजारमा ६ खर्ब डुब्यो, अर्थमन्त्री भने चिठ्ठा खेलाउनमै व्यस्त छन् : सांसद सङ्ग्रौला
New Office

काठमाण्डौ । श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी सङ्ग्रौलाले वर्तमान सरकार गठन भएयता पुँजीबजारमा करिब ६ खर्ब रुपैयाँ बराबरको क्षति भएको दाबी गरेकी छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले सरकारको आर्थिक नीतिमाथि प्रश्न उठाउँदै पूँजीबजार, लगानी र व्यवसायिक वातावरणमा देखिएको समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने बताइन्।

सांसद सङ्ग्रौलाले चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटको असफलता पहिलो महिनादेखि नै देखिन थालेको टिप्पणी गरिन्। नेपालको अर्थतन्त्रमा यसअघि नदेखिएका समस्या र कमजोरी अहिले देखिएको उनको दाबी थियो।

Bizshala
CG Motors

उनले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि व्यवसायीहरू ऋण लिएर लगानी गर्न इच्छुक नदेखिएको बताइन्। यस्तो अवस्थाले सरकारको आर्थिक नीतिप्रति निजी क्षेत्रको विश्वास कमजोर भएको संकेत गर्ने उनको भनाइ थियो।

‘बैंकिङ प्रणालीमा यति धेरै तरलता हुँदा पनि किन कोही लगानी गर्न ऋण लिन चाहिरहेको छैन ? के व्यवसायीहरूलाई दुई तिहाइ बहुमतको सरकारको अर्थनीतिमा अविश्वास भएकै हो ?’ उनले प्रश्न गरिन्।

सांसद सङ्ग्रौलाले अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि पनि कटाक्ष गरिन्। वाग्लेले ३६ देशलाई चिनेको दाबी गरिए पनि आफ्नै देशको आर्थिक अवस्था बुझ्न नसकेको आरोप उनले लगाइन्।

‘अर्थमन्त्रीज्यूले ३६ देशलाई चिनेको भनेर सत्तापक्षका माननीयज्यूहरू भन्नुहुन्छ। तर उहाँले ३६ देशलाई चिनेर आफ्नै देशलाई चिन्न सक्नुभएन,’ उनले भनिन्।

सङ्ग्रौलाले पुँजीबजारमा समस्या देखिँदा त्यसको समाधानतर्फ ध्यान दिनुको सट्टा अर्थमन्त्री चिठ्ठा सञ्चालनमा व्यस्त रहेको आरोपसमेत लगाइन्। अर्थतन्त्रका समस्या समाधान नगरी मुलुकको विकास सम्भव नहुने उनको भनाइ थियो।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.