आईतवार, आश्विन १८,२०८३ 07:19:29
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 07:19:29
Bizshala
Global IME Bank Limited

रसुवाको बाढीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ७ कर्मचारी सम्पर्कविहीन

Bizshala
रसुवाको बाढीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ७ कर्मचारी सम्पर्कविहीन
New Office

काठमाण्डौ ।  रसुवाको भोटेकोशीमा आएको बाढीका कारण नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सात जना कर्मचारी सम्पर्कविहीन भएका छन्। बैंकका अनुसार स्याफ्रुबेशी, टिमुरे र मैलुङ शाखामा कार्यरत कर्मचारीहरू बाढीपछि बेपत्ता भएका हुन्।

स्याफ्रुबेशी शाखामा कार्यरत पाँच जना कर्मचारी सम्पर्कमा नआएको बैंकले जनाएको छ। बेपत्ता हुनेमा शिव प्रसाद लम्साल, जितमान घले, पेम्वा दावा लोपेचान, पासाङ याजेन तामाङ र भीम बहादुर खड्का रहेका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, टिमुरे शाखामा कार्यरत डोल्मा लामा र मैलुङ एक्स्टेन्सन काउन्टरमा कार्यरत मुकेश खड्का पनि बाढीपछि सम्पर्कविहीन रहेको बैंकले जनाएको छ।

बैंकले सम्पर्कविहीन कर्मचारीबारे खोजी तथा आवश्यक समन्वय भइरहेको जनाएको छ। उनीहरूलाई कसैले देखेको, भेटेको वा उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त गरेको भए यथाशीघ्र बैंकलाई जानकारी गराउन आग्रह गरिएको छ।

भोटेकोशीमा आएको बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएको छ भने उद्धार तथा खोजी कार्य जारी रहेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.