काठमाण्डौ । अर्को साता सेयरबजार ४ दिन मात्र खुल्ने भएको छ ।
सरकारले भदौ २३ गते मंगलबार जेनजी शहीद दिवस मनाउने घोषणासहित सार्वजनिक विदा दिने निर्णय गरेको छ । योसँगै आगामी साता सेयर बजार सोमबार, बुधबार, बिहीबार र शुक्रबार गरी चार दिन मात्र खुल्नेछ ।
भोलि(शुक्रबार) पनि श्रीकृष्ण जन्माष्टमीको सार्वजनिक बिदा रहेको छ। यो दिन पनि बजार बन्द हुनेछ ।
भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा सरकारले भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । यो दिन सार्वजनिक विदा भने दिइएको छैन ।
क्षमाप्रार्थी
-यसअघिको समाचारमा भदौ २२ गते पनि सार्वजनिक विदा भनिएकोमा त्यसलाई सच्याइएको छ । भ्रम पार्ने खालको हेडलाइन समेत सम्पादन गरिएको छ । यसबाट पाठक वर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।-सम्पादक


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।