काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको श्री डिष्टिलरीले वार्षिक साधारण सभा आह्वान गरेको छ । भदौ ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असोज २६ गते काठमाण्डौमा साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने, गत आवको वार्षिक प्रतिवेदन तथा उक्त अवधिको सम्पूर्ण वित्तीय विवरणहरु अनुमोदन गरिनेछ ।
कम्पनीले आईपीओ निष्कासनका लागि बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त समेत गरिसकेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।