काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले हिक्मत बहादुर भण्डारीलाई निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) को जिम्मेवारी दिएको छ।
नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको निर्णयअनुसार भण्डारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रूपमा जिम्मेवारी तोकिएको हो।
कम्पनीको सञ्चालक समितिको ५३१औँ बैठकको निर्णयअनुसार भण्डारीलाई प्रमुख कार्यकारी अधिकृतको काम, कर्तव्य तथा अधिकार प्रयोग गर्ने गरी अख्तियारी प्रदान गरिएको राष्ट्रिय बीमा कम्पनीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।