काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत २ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज स्नो रिभर्स र सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी कम्पनीहरुले असोज ८ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा सेयर कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यी कम्पनीहरुद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
सांग्रिला डेभलपमेन्ट बैंक
बैंकले गत आवसम्मको सञ्चित मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ६.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । लाभांश पारित गर्न बैंकले असोज २२ गते वार्षिक साधारण सभा डाकेको छ ।
स्नो रिर्भस
कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । यही असाोज २२ गते आयोजना हुन लागेको कम्पनीको वार्षिक साधारण सभाबाट पारित गरी उक्त लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।