बिहीबार, आश्विन ८,२०८३ 06:45:43
Bizshala
  • बिहीबार, आश्विन ८,२०८३ 06:45:43
Bizshala
Global IME Bank Limited

नेप्सेमा यी दुई कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

Bizshala
नेप्सेमा यी दुई कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत २ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्स लिमिटेडको सेयरमूल्य समायोजन भएको हो । यी कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।

समायोजनपश्चात सांग्रिला डेभलपमेन्ट बैंकको सेयरमूल्य प्रतिकित्ता ४११.५४ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४२८ रुपैयाँ कायम थियो । बैंकले गत आवसम्मको सञ्चित मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ६.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै बिन्धवासिनी हाइड्रोले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदै सेयरमूल्य प्रतिकित्ता ४५५।१४ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४७७।९० रुपैयाँ कायम थियो । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।२६३२ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । यही पुस ३० गते आयोजना हुन लागेको कम्पनीको वार्षिक साधारण सभाबाट पारित गरी उक्त लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ ।

यस्तै स्नो रिभर्सको सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता ८५९.०९ रुपैयाँ निर्धारण भएको छ । समायोजन  अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९४५ रुपैयाँ कायम थियो । कम्पनीले गत आवका लागि हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।

आजको कारोबारदेखि नयाँ समायोजित मूल्यका आधारमा यी कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.