मंगलवार, आश्विन १३,२०८३ 01:50:50
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 01:50:50
Bizshala
Global IME Bank Limited

पूँजीबजारको नियमन र लगानीकर्ता हितबारे अर्थ समितिमा छलफल, नेप्से–सेबोनसहित सरोकारवाला बोलाइयो

Bizshala
पूँजीबजारको नियमन र लगानीकर्ता हितबारे अर्थ समितिमा छलफल, नेप्से–सेबोनसहित सरोकारवाला बोलाइयो
New Office

काठमाण्डौ । सङ्घीय संसद् प्रतिनिधि सभाको अर्थ समितिले नेपालको पूँजीबजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय तथा लगानीमैत्री बनाउने विषयमा सरोकारवाला निकाय तथा संस्थाहरूसँग छलफल गर्ने भएको छ ।

समितिको ३३औँ बैठक असोज १४ गते बुधबार बिहान ८ः३० बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको समितिको सभाकक्षमा बस्ने भएको हो । समितिले बैठकमा नेपालको पूँजी बजारसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्ने कार्यसूची तय गरेको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बैठकमा विशेषगरी धितोपत्र निष्कासन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको हित संरक्षण सम्बन्धमा सम्बन्धित निकाय तथा संघ–संस्थाका प्रतिनिधिसँग छलफल गरिने छ ।

छलफलका लागि अर्थ मन्त्रालयका सचिव, नेपाल धितोपत्र बोर्डका अध्यक्ष, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत, सिडिएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तथा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्षलाई आमन्त्रण गरिएको छ ।

त्यस्तै, नेपाल सेयरधनी संघ, नेपाल सेयरबजार लगानीकर्ता संघ र नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्षलाई समेत बैठकमा उपस्थित हुन आग्रह गरिएको छ ।

अर्थ समितिको बैठकमा पूँजीबजारको सञ्चालन तथा नियमनसँगै लगानीकर्ताको हित संरक्षणका विषयमा सरोकारवालाका धारणा लिइने अपेक्षा गरिएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.