काठमाडौं। अविरल वर्षापछि पहिरो र सडक भासिँदा अवरुद्ध पृथ्वी राजमार्गमा अवरोध हटाउने काम तीव्र पारिएको छ।
धादिङ प्रशासनका अनुसार अहिले राजमार्गमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ।
थप पहिरो नआए आज दिउँसो १ बजेदेखि राजमार्गमा सबै सवारीसाधन नियमित रूपमा सञ्चालन हुने जनाइएको छ। पहिरोको जोखिम कायमै रहेकाले प्रशासनले चालक तथा यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।