काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा स्थिरता देखाएको छ। कच्चा तेलको मूल्यमा आएको तीव्र गिरावटले सुनको मूल्यलाई केही राहत दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
आज सुनको मूल्य प्रतिऔंस ४ हजार २०० अमेरिकी डलरको आसपास कारोबार भइरहेको छ। आज सुनको मूल्य ३९.३४ अमेरिकी डलर अर्थात् ०.९५ प्रतिशतले बढेको छ।
यस्तै चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मूल्य ०.२३ अमेरिकी डलर अर्थात् ०.३७ प्रतिशतले घटेर प्रतिऔंस ६१.०९ अमेरिकी डलरको आसपास कारोबार भइरहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।