बुधबार, आश्विन १४,२०८३ 09:44:42
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 09:44:42
Bizshala
Global IME Bank Limited

आज कुन तरकारीको मूल्य कति ?

Bizshala
आज कुन तरकारीको मूल्य कति ?
New Office

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बजारमा ठूलो नेपाली गोलभेडा र भारतीय ठूलो गोलभेडाको मूल्य प्रतिकिलो ८० रुपैयाँ तोकिएको छ भने सानो गोलभेडा ६० रुपैयाँमा कारोबार भइरहेको छ।

समितिका अनुसार रातो लाम्चो आलु प्रतिकिलो ६० रुपैयाँ, रातो गोलो आलु ५४ रुपैयाँ, मुडे आलु ५४ रुपैयाँ, भारतीय रातो आलु ५३ रुपैयाँ र सेतो आलु ३५ रुपैयाँ रहेको छ। यस्तै, भारतीय सुकेको प्याज ९५ रुपैयाँ, लोकल गाजर १४० रुपैयाँ र तराई गाजर १०० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बन्दातर्फ लोकल बन्दा प्रतिकिलो ६० रुपैयाँ र स्थानीय काउली १०० रुपैयाँ रहेको छ। रातो मूला ३० रुपैयाँ, सेतो मूला ६० रुपैयाँ, लाम्चो भन्टा ६० रुपैयाँ तथा डल्लो भन्टा ७० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको समितिले जनाएको छ।

हरियो तरकारीमध्ये तने बोडी १२० र मकै बोडीको मूल्य प्रतिकिलो ९० रुपैयाँ छ। घिउ सिमी लोकल र हाइब्रिड ९० रुपैयाँ तथा टाटे सिमी ८० रुपैयाँमा कारोबार भइरहेको छ। भटमासकोसा प्रतिकिलो २०० रुपैयाँ, तितो करेला १०० रुपैयाँ र लौका ९० रुपैयाँ रहेको छ।

सागसब्जीतर्फ रायोको साग प्रतिकिलो १२० रुपैयाँ, पालुङ्गो १३० रुपैयाँ, तोरीको साग ८० रुपैयाँ र हरियो प्याज २५० रुपैयाँ पुगेको छ।

च्याउको मूल्य हेर्दा कन्य च्याउ प्रतिकिलो २५० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३३० रुपैयाँ र सिताके च्याउ १००० रुपैयाँ रहेको छ।

यसैगरी, कुरिलो प्रतिकिलो ६०० रुपैयाँ, न्यूरो १०० रुपैयाँ, ब्रोकाउली २५० रुपैयाँ, चुकन्दर ७० रुपैयाँ, सेलरी ५०० रुपैयाँ, पुदीना ७०० रुपैयाँ र गान्टे मूला १५० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ।

फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३५० रुपैयाँ र मुस्ताङको स्याउ १६० रुपैयाँ रहेको छ। नेपाली केरा प्रतिदर्जन २०० रुपैयाँ तथा मालभोग केरा १५० रुपैयाँमा कारोबार भइरहेको छ। कागती प्रतिकिलो ३०० रुपैयाँ, अनार ३५० रुपैयाँ र हरियो तरबुजा ७० रुपैयाँमा बिक्री भइरहेको समितिले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.