बुधबार, आश्विन १४,२०८३ 10:52:21
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 10:52:21
Bizshala
Global IME Bank Limited

सयपत्री हाइड्रोपावरको पावरहाउसमा माटोको लेदो थुप्रियो, विद्युत् उत्पादन बन्द

Bizshala
सयपत्री हाइड्रोपावरको पावरहाउसमा माटोको लेदो थुप्रियो, विद्युत् उत्पादन बन्द
New Office

काठमाडौं। सयपत्री हाइड्रोपावर लिमिटेडले बागलुङको ताराखोला गाउँपालिकामा सञ्चालित आयोजनास्थलमा बाढीका कारण थप क्षति भएको जनाएको छ।

कम्पनीका अनुसार बाढीका कारण आयोजनाको स्विचयार्डदेखि नेपाल विद्युत् प्राधिकरणको हरिचौर सबस्टेसनसम्म रहेको ३३ केभी प्रसारण लाइनका पोल तथा तारमा क्षति पुगेपछि विद्युत् उत्पादन तथा प्रसारण कार्य बन्द रहेको छ। यसअघि पनि कम्पनीले बाढीका कारण विद्युत् उत्पादन तथा प्रसारण अवरुद्ध भएको जानकारी गराएको थियो।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीका अनुसार पछिल्लो घटनामा आयोजनाको पावरहाउसबाट करिब १०० मिटर माथिबाट माटोको लेदो बगरसहित आएर पावरहाउसको पछाडिपट्टि ठूलो मात्रामा थुप्रिएको छ। यसका कारण विद्युत् उत्पादन कार्य पूर्ण रूपमा बन्द रहेको कम्पनीले जनाएको छ।

कम्पनीले आयोजनास्थलमा मानवीय क्षति नभएको तथा हेडवर्क्स, पाइपलाइन, पावरहाउस भवन र कर्मचारी आवासगृहलगायत अन्य संरचनामा कुनै प्रकारको क्षति नभएको जानकारी दिएको छ।

हाल पावरहाउसमा थुप्रिएको माटोको लेदो सफा गर्ने तथा क्षतिग्रस्त ३३ केभी प्रसारण लाइनका पोल र तारको मर्मतसम्भार गर्ने कार्य अघि बढाइएको कम्पनीले जनाएको छ।

सम्भव भएसम्म छिटो विद्युत् उत्पादन तथा प्रसारण सेवा पुनः सञ्चालन गर्ने प्रतिबद्धता पनि कम्पनीले जनाएको छ। कम्पनीको आयोजनासम्बन्धी ३३ केभी प्रसारण लाइन स्विचयार्डदेखि हरिचौर सबस्टेसनसम्म जोडिएको विवरण सरकारी अभिलेखमा समेत उल्लेख छ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.