आईतवार, कार्तिक ८,२०८३ 06:56:35
  • आईतवार, कार्तिक ८,२०८३ 06:56:35
Global IME Bank Limited

सोपान फार्मास्युटिकल्सको सामूहिक लगानी कोषको २ लाख १० हजार ९६५ कित्ता शेयरको लक–इन अवधि समाप्त हुँदै

Bizshala
सोपान फार्मास्युटिकल्सको सामूहिक लगानी कोषको २ लाख १० हजार ९६५ कित्ता शेयरको लक–इन अवधि समाप्त हुँदै
New Office

काठमाडौं। सोपान फार्मास्युटिकल्स लिमिटेडले सामूहिक लगानी कोषको स्वामित्वमा रहेको आफ्नो साधारण शेयरको लक–इन अवधि समाप्त हुन लागेको जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कम्पनीले जारी गरेको सूचनाअनुसार, कम्पनीको जारी पुँजी रु. १ अर्ब ७१ करोड ५० लाखमध्ये २५ प्रतिशत अर्थात् रु. ४२ करोड ९० लाख बराबरको रकमबाट प्रतिकित्ता अंकित मूल्य रु. १०० का दरले ४२ लाख ९० हजार कित्ता साधारण शेयर निष्कासन गरिएको थियो। त्यसमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको थियो।

सामूहिक लगानी कोषका लागि छुट्याइएको उक्त साधारण शेयरको लक–इन अवधि सर्वसाधारणलाई शेयर बाँडफाँड भएको मितिले ६ महिना कायम रहने व्यवस्था थियो। सोहीअनुसार उक्त शेयरको लक–इन अवधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीका अनुसार सामूहिक लगानी कोषको स्वामित्वमा हाल लक–इनमा रहेको कुल २ लाख १० हजार ९६५ कित्ता शेयरको लक–इन अवधि २०८३ साल कात्तिक १६ गतेपछि समाप्त हुनेछ।

कम्पनीले उक्त जानकारी शेयरधनी, नियामक निकाय तथा सम्बन्धित सबै सरोकारवालाको जानकारीका लागि प्रकाशित गरेको जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.