बुधबार, आश्विन १४,२०८३ 05:17:16
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 05:17:16
Bizshala
Global IME Bank Limited

प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह– ‘राजनीतिभन्दा दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुनुस्’

Bizshala
प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह– ‘राजनीतिभन्दा दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुनुस्’
New Office

 

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले प्राविधिक पृष्ठभूमिबाट प्रतिनिधिसभामा पुगेका सांसदहरुलाई आफ्नो ज्ञान, सीप र विज्ञताको अधिकतम उपयोग गर्दै मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन्।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्राविधिक पृष्ठभूमिका प्रतिनिधिसभा सदस्यहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले सांसदहरूलाई नियमित राजनीतिक विषयमा मात्र सीमित नभई दीर्घकालीन नीति निर्माण, नवीन सोच र विकासका नयाँ अवधारणामा केन्द्रित हुन आग्रह गरेका हुन्।

प्रधानमन्त्री शाहले नीति निर्माण गर्ने ठाउँमा पुगेका प्राविधिक जनशक्तिले आफ्नो विषयगत ज्ञान र अनुभवलाई मुलुकको विकाससँग जोड्नुपर्ने बताए।

‘तपाईंहरु आफैं प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ। देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्,’ प्रधानमन्त्री शाहले भने।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनले सांसदहरुलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि उत्तिकै महत्व दिन सुझाव दिए। निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा सम्बन्धित विषयको विज्ञतामार्फत देश विकासमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले प्राविधिक र विज्ञ पृष्ठभूमिबाट राजनीतिमा आएका सांसदहरुलाई परिवर्तनको संवाहकका रूपमा भूमिका निर्वाह गर्न पनि आग्रह गरे।

परिवर्तनको नेतृत्व गर्ने व्यक्तिले सधैं नयाँ उपाय, नयाँ सोच र समाधान अघि सार्नुपर्ने उल्लेख गर्दै उनले त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके पाँच वर्षमै मुलुकमा उल्लेख्य परिवर्तन सम्भव हुने धारणा राखे।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक विवरणअनुसार शाह हाल नेपाल सरकारका प्रधानमन्त्री हुन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.