काठमाडौं। त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रतिनिधिका रूपमा हरिका प्रसाद पौडेललाई कम्पनीको सञ्चालकमा मनोनयन गरेको जनाएको छ।
कम्पनीका अनुसार नेपाल टेलिकमका तत्कालीन प्रमुख प्राविधिक अधिकृत (सीटीओ) प्रेमप्रसाद सिलवालको सहमतिमा प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारी र तत्कालीन प्रमुख वित्तीय अधिकृत (सीएफओ) राजेन्द्र अर्यालको सहमतिमा प्रमुख वित्तीय अधिकृत (सीएफओ) हरिका प्रसाद पौडेललाई नेपाल टेलिकमको प्रतिनिधिका रूपमा त्रिशूली जलविद्युत् कम्पनीको सञ्चालकमा मनोनयन गरिएको हो।
कम्पनी सञ्चालक समितिको असोज ६ गते बसेको बैठकमा पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेको पनि कम्पनीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।