बिहीबार, आश्विन १५,२०८३ 10:59:21
Bizshala
  • बिहीबार, आश्विन १५,२०८३ 10:59:21
Bizshala
Global IME Bank Limited

आईसीएफसी फाइनान्सको १०.५२६३ प्रतिशत नगद लाभांश पारित, सञ्चालकको बैठक भत्ता पनि बढ्यो

Bizshala
आईसीएफसी फाइनान्सको १०.५२६३ प्रतिशत नगद लाभांश पारित, सञ्चालकको बैठक भत्ता पनि बढ्यो
New Office

काठमाडौं। आईसीएफसी फाइनान्स लिमिटेडको तेह्रौँ वार्षिक साधारणसभाले सेयरधनीलाई १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको साधारणसभा मंगलबार काठमाडौंको बौद्धस्थित बौद्ध हेरिटेजमा सम्पन्न भएको हो।  

साधारणसभाले सञ्चालक समितिबाट प्रस्ताव भएबमोजिम कम्पनीको चुक्ता पूँजीको १०.५२६३ प्रतिशतका दरले हुने १२ करोड ४५ लाख ४५ हजार ७०३ रुपैयाँ ६६ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। उक्त नगद लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश छ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ। त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८२/८३ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूसमेत छलफल गरी स्वीकृत गरिएको छ।    

साधारणसभाले आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत पारित गरेको छ। कम्पनीको लेखापरीक्षण समितिको सिफारिसअनुसार एस.ए.आर. एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई भ्याटबाहेक ८ लाख ८० हजार रुपैयाँ लेखापरीक्षण शुल्क प्रदान गर्ने गरी बाह्य लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय भएको छ। 

सभाले विशेष प्रस्तावअन्तर्गत कम्पनीको नियमावलीसमेत संशोधन गरेको छ। संशोधनपछि सञ्चालक समितिको प्रत्येक बैठकमा उपस्थित हुने सञ्चालकमध्ये अध्यक्षले पाउने बैठक भत्ता १२ हजार रुपैयाँबाट १५ हजार रुपैयाँ र अन्य सञ्चालकले पाउने बैठक भत्ता १० हजार रुपैयाँबाट १३ हजार रुपैयाँ पुर्‍याइएको छ। कम्पनीले समयानुकूल सञ्चालकहरूको सुविधा बढाउन आवश्यक भएको उल्लेख गर्दै उक्त व्यवस्था संशोधन गरेको हो।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.