काठमाडौँ। सरकारले संघीय संसद्को चालु अधिवेशन असोज १६ गतेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज १६ गतेदेखि संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै त्यसका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।
संघीय संसद्को वर्तमान अधिवेशन गत वैशाख २८ गतेदेखि सञ्चालन हुँदै आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।