काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र कैलालीका उखु किसानको बाँकी बक्यौता रकम दसैँअघि नै भुक्तानी गर्ने तयारी गरेको जनाएको छ।
बिहीबार बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले किसानको भुक्तानीलाई उच्च प्राथमिकता दिइएको जानकारी दिए। उनका अनुसार भुक्तानीसम्बन्धी कार्यविधि प्राप्त भइसकेकाले एक–दुई दिनभित्र आवश्यक प्रक्रिया पूरा गरी रकम पठाउने तयारी भइरहेको छ।
प्राविधिक तथा प्रशासनिक प्रक्रियाका कारण असारमै गर्ने भनिएको भुक्तानीमा ढिलाइ भएको मन्त्रालयले जनाएको छ। लामो समयदेखि बक्यौता भुक्तानीको माग गर्दै आएका किसानले काठमाडौं केन्द्रित आन्दोलनसमेत गर्दै आएका छन्। सचिव मिश्रले यसपटक दसैँअघि नै रकम उपलब्ध हुनेमा किसानलाई ढुक्क रहन आग्रह गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।