काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
बैंकले कायम चुक्ता पुँजीको १६ प्रतिशतका दरले करसहित नगद लाभांश दिने प्रस्ताव गरेको हो।
कात्तिक ९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।