बुधबार, कार्तिक ११,२०८३ 06:44:27
  • बुधबार, कार्तिक ११,२०८३ 06:44:27
Global IME Bank Limited

एनएमबी बैंक र भिसाबीच सम्झौता, विदेशमा रकम पठाउन Visa Direct to Account सेवा

Bizshala
एनएमबी बैंक र भिसाबीच सम्झौता, विदेशमा रकम पठाउन Visa Direct to Account सेवा
New Office

 

काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिसासँग ‘Visa Direct to Account’ सेवा एकीकृत गर्ने सम्झौता गरेको छ।

सम्झौतापछि एनएमबी बैंकका ग्राहकले विदेशमा रकम पठाउन थप सहज विकल्प पाउने बैंकले जनाएको छ। भिसाको यो प्लेटफर्म विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रमा प्रयोगमा रहेको बैंकको भनाइ छ।

‘Visa Direct to Account’ सेवामार्फत ग्राहकले सीमा पार रकम स्थानान्तरण अझ सहज, भरपर्दो र प्रभावकारी रूपमा गर्न सक्नेछन्।

बैंकका अनुसार नयाँ सेवाले अन्तर्राष्ट्रिय भुक्तानी तथा रकम स्थानान्तरण प्रक्रियालाई थप सरल बनाउनेछ र ग्राहकले झन्झटरहित रूपमा विदेशमा रकम पठाउन सक्नेछन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

एनएमबी बैंकले डिजिटल वित्तीय सेवा विस्तार गर्ने रणनीतिअन्तर्गत भिसासँगको सहकार्य अघि बढाएको जनाएको छ।

हाल बैंकले देशभर १९७ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

बैंकले प्रविधिमा आधारित वित्तीय सेवा विस्तार गर्दै ग्राहकलाई अन्तर्राष्ट्रियस्तरको डिजिटल बैंकिङ अनुभव उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.