काठमाडौं । बाराही हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
बाराही हाइड्रोपावरले शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्नका लागि मुक्तिनाथ क्यापिटललाई हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
यसै बीच कम्पनी र क्यापिटलले हकप्रद निष्कासन सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् ।
कम्पनीले जारी पूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु १०० अंकित दरका २५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।