काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक तथा सर्वसाधारण सेयरधनीको सेयर संरचना परिवर्तन गर्ने भएको छ।
कम्पनीले हाल कायम संस्थापक सेयरधनी समूहको ८४.६७ प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको १५.३३ प्रतिशत सेयर स्वामित्व संरचनालाई परिवर्तन गरी संस्थापक समूहको हिस्सा ७६.२०३० प्रतिशत र सर्वसाधारण समूहको हिस्सा २३.७९७० प्रतिशत कायम गर्ने प्रक्रिया अघि बढाएको हो।
सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइसकेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार उक्त प्रस्ताव २०८२ चैत १२ गते सम्पन्न विशेष साधारणसभाबाट समेत पारित भइसकेको छ। सोहीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गरी सेयर रूपान्तरण तथा सेयर दाखिलाको प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीको भनाइ छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।