आईतवार, कार्तिक १५,२०८३ 01:57:53
  • आईतवार, कार्तिक १५,२०८३ 01:57:53
Global IME Bank Limited

नेपाल एसबीआईको नाफा ५५ करोड नाघ्यो, वितरणयोग्य नाफा १ अर्ब ६० करोड

Bizshala
नेपाल एसबीआईको नाफा ५५ करोड नाघ्यो, वितरणयोग्य नाफा १ अर्ब ६० करोड
New Office

काठमाण्डौ । नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १०.१० प्रतिशतले बढाएको छ। खुद ब्याज आम्दानी घटे पनि सम्भावित नोक्सानीबापतको खर्चमा आएको कमी तथा शुल्क र ट्रेडिङ आम्दानीमा भएको सुधारले बैंकको नाफा बढाउन सहयोग गरेको हो।

बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ५५ करोड २२ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन भएको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिमा यस्तो नाफा ५० करोड १५ लाख ६५ हजार रुपैयाँ थियो।

नाफा बढे पनि बैंकको मुख्य आम्दानीको स्रोत खुद ब्याज आम्दानीमा भने दबाब देखिएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा करिब १ अर्ब ३१ करोड ८७ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी यसपटक ३.७१ प्रतिशतले घटेर १ अर्ब २६ करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा कुल ब्याज आम्दानी ७ प्रतिशत र ब्याज खर्च ८.७९ प्रतिशतले घटेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आम्दानी ०.१० प्रतिशतले मात्र बढेर करिब १ अर्ब ७६ करोड ५९ लाख रुपैयाँ पुगेको छ। नोक्सानी व्यवस्थाबापतको खर्च घटेको प्रभावले सञ्चालन नाफा भने ९.४६ प्रतिशतले बढेर ७८ करोड ३५ लाख रुपैयाँ पुगेको छ। यसले पहिलो त्रैमासको नाफा वृद्धिमा आम्दानी विस्तारभन्दा नोक्सानी खर्चमा आएको कमीको योगदान बढी रहेको देखाउँछ।

असोज मसान्तमा बैंकको कुल सञ्चित वितरणयोग्य नाफा १ अर्ब ६० करोड ४४ लाख ८५ हजार रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२७ प्रतिशत बढी हो।

चालु पहिलो त्रैमासमा मात्रै बैंकले ३५ करोड २८ लाख ४६ हजार रुपैयाँ वितरणयोग्य नाफा थपेको छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो रकम २७ करोड ९५ लाख २७ हजार रुपैयाँ थियो। यसअनुसार त्रैमासिक वितरणयोग्य नाफा २६.२३ प्रतिशतले बढेको छ। कुल सञ्चित रकममा आर्थिक वर्षको सुरुमै रहेको १ अर्ब २५ करोड १६ लाख रुपैयाँसमेत समावेश छ। वितरणयोग्य नाफाको गणनामा बिमाङ्कीय नोक्सानीसम्बन्धी १५ करोड ६९ लाख रुपैयाँको सकारात्मक नियामकीय समायोजन पनि जोडिएको छ।

नाफामा सुधारसँगै बैंकको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी १७.७० रुपैयाँबाट बढेर १९.४९ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ १९९.६६ रुपैयाँ कायम भएको छ।

Garima Development Bank
Bizshala
IME remit

कर्जा गुणस्तरतर्फ भने निष्क्रिय कर्जा अनुपात केही बढेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ३.०१ प्रतिशत रहेको यस्तो अनुपात यसपटक ३.१९ प्रतिशत पुगेको छ। निष्क्रिय कर्जाको तुलनामा गरिएको कुल कर्जा नोक्सानी व्यवस्थाको अनुपात पनि १३३.३२ प्रतिशतबाट बढेर १३४.४५ प्रतिशत कायम भएको छ।

असार मसान्तको तुलनामा निक्षेप १२.५५ प्रतिशतले बढेर असोज मसान्तमा २ खर्ब ३९ अर्ब ५२ करोड ९३ लाख रुपैयाँ पुगेको छ। यही अवधिमा ग्राहकलाई प्रवाह गरिएको कर्जा भने ३.०३ प्रतिशतले बढेर १ खर्ब ५० अर्ब ५० करोड रुपैयाँ पुगेको छ।

बैंकको कोषको लागत ४.४२ प्रतिशतबाट घटेर ३.६९ प्रतिशत र औसत आधारदर ५.९६ प्रतिशतबाट घटेर ५.०८ प्रतिशतमा आएको छ। तर ब्याजदर अन्तर अर्थात् स्प्रेडदर पनि ३.४६ प्रतिशतबाट खुम्चिएर ३.०६ प्रतिशतमा सीमित भएको छ। 

११ अर्ब ३३ करोड ५१ लाख रुपैयाँ चुक्तापुँजी रहेको बैंकको पुँजीकोष अनुपात १३.६२ प्रतिशत छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.