काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको संस्थापक सेयरधनी र कर्मचारीको स्वामित्वमा रहेको कुल ५५ लाख २७ हजार ५०० कित्ता सेयरको लकइन अवधि समाप्त हुने भएको छ।
कम्पनीले सार्वजनिक सूचना जारी गर्दै संस्थापक सेयरधनीको ५५ लाख कित्ता र कर्मचारीको २७ हजार ५०० कित्ता सेयरको लकइन अवधि आगामी मंसिर १९ गतेपछि समाप्त हुने जनाएको छ।
कम्पनीका अनुसार संस्थापक सेयरधनीको ५५ लाख कित्ता र कर्मचारीको २७ हजार ५०० कित्ता गरी कुल ५५ लाख २७ हजार ५०० कित्ता सेयर मंसिर १९ गतेपछि लकइनबाट मुक्त हुनेछन्।
कम्पनीले सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा भने नियमअनुसार सेयर रोक्का रहने स्पष्ट पारेको छ।
नेपाल वेयरहाउजिङ कम्पनीको सेयर रजिष्ट्रार हिमालयन क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।