काठमाडौं । माण्डु हाइड्रोपावरको १० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।
कम्पनीको भदौ १८ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित १० प्रतिशत बोनस सेयरबापतको १३ लाख ६३ हजार ६३७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
सूचीकृत सेयर कारोबारयोग्य भए पनि सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि मात्रै खरिदबिक्री गर्न सकिनेछ ।
कम्पनीले यस वर्ष बोनस सेयरसँगै कर प्रयोजनसमेत गरी कुल १२.५३ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।