काठमाडौं। रिज लाइन इनर्जी लिमिटेडले सेयरधनीलाई करसहित १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा नगद लाभांश वितरण गर्ने भएको छ।
कम्पनीको कात्तिक १७ गते सम्पन्न पाँचौँ वार्षिक साधारणसभाले सेयरधनीलाई उक्त रकम नगद लाभांशका रूपमा वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो।
साधारणसभाले आर्थिक वर्ष २०८३/०८४ को लेखापरीक्षणका लागि एस. चपाईं एन्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई बाह्य लेखापरीक्षक नियुक्त गर्ने निर्णयसमेत गरेको छ। लेखापरीक्षकको वार्षिक पारिश्रमिक मूल्य अभिवृद्धि करबाहेक ३ लाख रुपैयाँ तोकिएको छ।
त्यस्तै सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकका रूपमा कास्कीका निरञ्जन पराजुली निर्वाचित भएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।