काठमाण्डौ । एनआईसी एशिया इक्विटी अपर्चुनिटी फण्डका १० करोड इकाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।
नेप्से र एनआईसी एशिया क्यापिटल लिमिटेडबीच बुधबार फण्डका इकाई सूचीकरणसम्बन्धी सम्झौता सम्पन्न भएको हो।
एनआईसी एशिया सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित उक्त योजनाका प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल १० करोड इकाई नेप्सेमा सूचीकृत भभएको हो ।
एनआईसी एशिया क्यापिटलले सर्वसाधारणका लागि बिक्री खुला गरी वितरण गरेका इकाई धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम नेप्सेमा सूचीकरण गरिएको हो।
नेप्सेका अनुसार उक्त म्युचुअल फण्डका इकाईको दोस्रो बजार कारोबार कात्तिक १९ गतेदेखि सुरु हुनेछ।
फण्डको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।