काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य सञ्चित खुद मुनाफाबाट सेयरधनीलाई बोनस सेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पुँजी ६ अर्ब ३७ करोड ९७ लाख २४ हजार १९९ रुपैयाँको ५ प्रतिशतका दरले ३१ करोड ८९ लाख ८६ हजार २०९ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।
यस्तै, कम्पनीले चुक्ता पुँजीको ०.२६३२ प्रतिशतका दरले १ करोड ६७ लाख ८८ हजार ७४७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्न लागिएको हो।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश आगामी साधारणसभाबाट पारित भएपछि र सम्बन्धित नियामक निकायबाट स्वीकृति प्राप्त भएपछि सेयरधनीले पाउनेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।