शुक्रबार, कार्तिक २७,२०८३ 09:36:58
  • शुक्रबार, कार्तिक २७,२०८३ 09:36:58
Global IME Bank Limited

अपि पावरको साधारणसभा मंसिर १८ मा, ३० प्रतिशत हकप्रद रद्द गर्ने प्रस्ताव

Bizshala
अपि पावरको साधारणसभा मंसिर १८ मा, ३० प्रतिशत हकप्रद रद्द गर्ने प्रस्ताव
New Office

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले यसअघि निर्णय भएको ३० प्रतिशत हकप्रद सेयर निष्कासन रद्द गर्ने र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावसहित २३औँ वार्षिक साधारणसभा बोलाएको छ।

कात्तिक १९ गते बसेको सञ्चालक समिति बैठकको निर्णयअनुसार सभा २०८३ मंसिर १८ गते शुक्रबार हुनेछ।

कम्पनीको आर्थिक वर्ष २०८१/८२ को २२औँ वार्षिक साधारणसभाले एक कित्ता बराबर ०.३० कित्ताको अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो। त्यसबाट प्राप्त रकम दिव्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजनामा लगानी गर्ने योजना थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

हकप्रद निष्कासनका लागि नियामकीय अनुमति प्राप्त गर्न लामो समय लाग्दा आयोजना निर्माणमा ढिलाइ हुने देखिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार आन्तरिक नगद प्रवाह, बैंक ऋण तथा अन्य स्रोतबाट आयोजनालाई आवश्यक स्वपुँजीको व्यवस्थापन भइसकेकाले उक्त हकप्रद निष्कासन रद्द गर्ने प्रस्ताव सभामा पेस गर्न लागिएको हो।

सभामा आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य सञ्चित खुद मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पनि पेस हुनेछ। कम्पनीको चुक्ता पुँजी ६ अर्ब ३७ करोड ९७ लाख २४ हजार १९९ रुपैयाँ छ। यस आधारमा ३१ करोड ८९ लाख ८६ हजार २०९ रुपैयाँ ९५ पैसा बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरिएको छ।

 

Garima Development Bank
Bizshala
IME remit

प्रस्तावित बोनस सेयरको कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.२६३२ प्रतिशत अर्थात् १ करोड ६७ लाख ८८ हजार ७४८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत छ। बोनस सेयर जारी गर्दा पुँजी संरचनामा हुने वृद्धिअनुसार कम्पनीको प्रबन्धपत्रको दफा ६ संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।

सभाले सञ्चालक समितिका तर्फबाट प्रस्तुत हुने आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफानोक्सान हिसाब र नगद प्रवाहलगायत वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गर्नेछ। आर्थिक वर्ष २०८३र८४ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.