काठमाडौं । छठ पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिए पनि अधिकांश बैंकले सीमित शाखामार्फत बैंकिङ सेवा सञ्चालन गर्ने भएका छन् ।

ग्राहकको सुविधालाई ध्यानमा राख्दै बैंकहरूले देशका विभिन्न स्थानमा रहेका केही शाखा खुला राख्ने भएका हुन् ।

नबिल, हिमालयन, एभरेष्ट, सानिमा, कुमारी र सिटिजन्स बैंकलगायतले बिदाका दिन पनि तोकिएका शाखाबाट सेवा उपलब्ध गराउने सूचना जारी गरेका छन् ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।