काठमाडौं । चर्चित रेस्टुरेन्ट चेन जिग्री सेकुवाले काठमाडौंको धुम्बाराहीमा आफ्नो १०औँ आउटलेट सञ्चालनमा ल्याउने भएको छ।
हालसम्मकै ठूलो र सुविधासम्पन्न हुने यस आउटलेटले जिग्री सेकुवाको व्यावसायिक विस्तार यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थप्ने अपेक्षा गरिएको छ।
जिग्री सेकुवा नेपालको हस्पिटालिटी ब्रान्ड ‘लभी हस्पिटालिटी ग्रुप’ले सञ्चालन गर्दै आएको छ। ग्रुपको उत्कृष्ट व्यवस्थापनमा आगामी मङ्सिर २ गते विशेष समारोहका बीच नयाँ आउटलेटको ‘ग्रान्ड ओपनिङ’ गरिने भएको हो।




प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।