काठमाण्डौ । मारुती सिमेन्ट्स लिमीटेडले पनि प्रिमियमा आईपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा १७७ रुपैयाँ प्रिमियम थपेर कुल प्रतिकित्ता २७७ रुपैयाँको दरले आईपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
यो कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि प्रिमियममा आईपीओ निश्कासनको माग गरेको हो ।
कम्पनीले १ करोड १६ लाख कित्ता सेयर निश्कासन गर्न चाहेको हो । प्रिमियम मूल्यसहित कम्पनीले कुल ३ अर्ब २१ करोड ३२ लाखको सेयर निश्कासन गर्न खोजेको छ । कम्पनीले प्रिमियमको रुपमा सर्वसाधारणबाट २ अर्ब ५ करोडभन्दा बढी रकम संकलन गर्ने प्रयास गरेको देखिन्छ ।
बोर्डले कम्पनीको आईपीओ आवेदनलाई प्रिमिलिनरी रिभ्यूको सूचीमा राखेको छ ।
यो कम्पनीको आईपीओ निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा नवील इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।