सोमबार, चैत्र २५,२०८१ 10:06:37
IME remit
  • सोमबार, चैत्र २५,२०८१ 10:06:37
IME remit
Global IME Bank Limited

निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा सामान्य सुधार, ओरियन्टल र हिमालयन एभरेष्टले बढाए प्रिमियम संकलन

Hyundai Nepal
निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा सामान्य सुधार, ओरियन्टल र हिमालयन एभरेष्टले बढाए प्रिमियम संकलन
Nabil Bank Limited

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले पौने ३३ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको १० महिनामा १४ निर्जीवन बीमा कम्पनीले ३२ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।  

निर्जीवन बीमकहरुले संकलन गरेको यो प्रिमियम गत आवको तुलनामा ०.५७ प्रतिशतले मात्रै बढी हो । गत आर्थिक वर्षको यसै अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले ३२ अर्ब ६८ करोड रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेका थिए ।

निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको यस अवधिसम्मको तुलनामा खासै व्यवसाय बढाउन सकेका छैनन् । देशको अर्थतन्त्र सुधारिंदै जादा पनि निर्जीवन बीमकहरुको बीमा शुल्क आर्जन बढ्न सकेको छैन । गत वर्षको तुलनामा आर्थिक गतिविधि तथा क्रियाकलाप बढेपनि निर्जीवन बीमकहरुको व्यवसाय भने सोचेजस्तो वृद्धि हुन सकेको छैन ।  

पछिल्लो समय इभी गाडी उल्लेख्य भित्रिएका छन् । विद्युतीय सवारी साधन प्रयोगकर्ताको संख्या बढेको छ । तर निर्जीवन बीमा कम्पनीहरुले उल्लेख्य प्रिमियम संकलन गर्न सकेका छैनन् । सरकारले कृषि बीमा अन्तर्गत बीमा कम्पनीहरुलाई पूर्ण अनुदान नदिंदा केही दुई महिनादेखि निर्जीवन बीमा कम्पनीहरुले अनुदानमा आधारित कृषि बीमा बिक्री बन्द गरेका थिए । यसैको असर बीमा कम्पनीहरुको व्यवसायमा देखिएको छ ।  

सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीमध्ये सो अवधिसम्म १० वटा कम्पनीले गत आवको तुलनामा व्यवसाय बृद्धि गरेका छन् भने ४ वटा कम्पनीको व्यवसाय खस्किएको छ ।  

चालु आवको वैशाख महिनासम्ममा सर्वाधिक प्रिमियम संकलन गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले सो अवधिसम्म ४ अर्ब ५४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेर सर्वाधिक व्यवसाय गर्ने निर्जीवन बीमा कम्पनी बनेको छ ।  

त्यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ८८ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । यसका साथै सगरमाथा लुम्बिनीलाई पच्छ्याउँदै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि ३ अर्ब १८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।  

१० महिनासम्ममा हिमालयन एभरेष्ट इन्स्योरेन्सको पनि व्यवसाय उत्कृष्ट देखिएको छ । कम्पनीले सो अवधिसम्म २ अर्ब ९३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

त्यस्तै, आइजीआई प्रुडेन्सिय इन्स्योरेन्सले २ अर्ब ८८ करोड, नेकोले २ अर्ब ६४ करोड, युनाइटेड अजोडले २ अर्ब १७ करोड, एनएलजीले २ अर्ब ३ करोड, सानिमा जिआइसीले १ अर्ब ९४ करोड, दि ओरियन्टल इन्स्योरेन्सले १ अर्ब ६४ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ४४ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३४ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब २५ करोड र नेशनल इन्स्योरेन्सले ९४ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।  

गत आवको तुलनामा सबैभन्दा व्यवसाय बढाउनेमा भने दि। ओरियन्टल इन्स्योरेन्स अघि रहेको छ । कम्पनीले गत आवको यस अवधिसम्मको तुलनामा चालु आवको १० महिनासम्म ४१.८० प्रतिशतले व्यवसाय बढाएको छ ।  

त्यस्तै, दोस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले १७.६६ प्रतिशतले व्यवसाय बढाउन सफल भएको छ । गत आवको वैशाखसम्म २ अर्ब ४९ करोड रुपैयाँ प्रिमियम संकलन गरेको यस कम्पनीले चालु आवको वैशाखसम्म झण्डै ३ अर्ब अर्थात् २ अर्ब ९३ करोड रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको छ ।  

साथै गत आवको तुलनामा सर्वाधिक व्यवसाय खस्किनेमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीको बीमा शुल्क आर्जन ३३।८३ प्रतिशतले घटेको छ । साथै युनाइटेड अजोड इन्स्योरेन्सको पनि २४.१२ प्रतिशतले व्यवसाय खस्केको छ ।

 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.