बिहीबार, चैत्र २१,२०८१ 03:51:09
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:51:09
IME remit
Global IME Bank Limited

जुन-जुन 'पत्रु कम्पनी', त्यसमै सर्किटः टोपी लगाउन तयार छन् हाम्रा लगानीकर्ता !

Hyundai Nepal
जुन-जुन 'पत्रु कम्पनी', त्यसमै सर्किटः टोपी लगाउन तयार छन् हाम्रा लगानीकर्ता !
Nabil Bank Limited

काठमाण्डौ । नेपालको सेयर बजारमा अक्सर अनौठा हर्कतहरु भइरहन्छन् । कतिपय अवस्थामा यहाँ बजार तथा कम्पनीको अन्तरकुन्तर बुझेको व्यक्तिको विश्लेषणले काम गर्दैन । प्राविधिक विज्ञहरुको धर्काहरु फेल खान्छन् । विश्वव्यापी रुपमा स्थापित मान्यताहरुले नेपालको सेयर बजारमा काम नगर्न सक्छ । यस्तै यस्तै गतिविधिहरुको प्रतिफल मान्नुपर्छ, जुन कम्पनी कमजोर छ, त्यसमै खेलाडी पस्छन् र खेलाई–खेलाई भाउ उचालेर सर्वसाधारणलाई टोपी लगाइदिन्छन्(सेयर भिडाउने काम)।  

यो साताको पहिलो कारोबार दिन आइतबार पनि दुईवटा कम्पनीमा यस्तै खेल भयो । खेलाडीहरु पसेपछि उनीहरुले राम्रैसँग खेल खेले र ती दुवै कम्पनीको सेयरमूल्यमा हेर्दाहेर्दै पोजिटिभ सर्किट लगाइछाडे । 

Shivam Cement
Bizshala
CG Motors

आइतबार सेयरमूल्यमा पोजिटिभ सर्किट लागेका ती कम्पनीहरुको वित्तीय अवस्था उति राम्रो भने छैन । उनीहरुको वित्तीय स्वास्थ्य कहाँ हो कहाँ सुधार भई मूल्यले उछालको लय समात्नुपर्ने हठात्को परिस्थिति बनेको पनि होइन ।  

आइतबार मिड सोलू हाइड्रोपावर लिमीटेड र माथिल्लो मैलुन खोला जलविद्युत लिमीटेडको दोश्रो बजार मूल्य १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लाग्यो । यी दुवै कम्पनीको सेयरमा बायर(खरीदकर्ता) हाबी भए ।  

मिड सोलूको मूल्य त यस्तै खेलाडीहरुले बढाएर प्रतिकित्ता ७५६ रुपैयाँ पुर्याइसकेका छन् भने माथिल्लो मैलुन खोलाको मूल्य पनि साढे ४ सय हाराहारी पुगिसकेको छ ।  

दोश्रो बजार मूल्य नै निकै माथि रहेको यी कम्पनी वित्तीय रुपमा चाहिँ जर्जर छन् ।  

दुई कम्पनीको वित्तीय अवस्था

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म यी दुवै कम्पनी सकसमा छन् ।  

मिड सोलूको वार्षिकीकृत प्रतिसेयर आम्दानी ९१ पैसा मात्र छ भने प्रतिसेयर नेटवर्थ पनि १००.०६ रुपैयाँ मात्र । अर्थात आईपीओको मूल्य बराबर नेटवर्थ रहेको यो कम्पनीको दोश्रो बजार मूल्य भने खेलाडीहरुले उचालेर ७५६ पुर्याइसकेका छन् ।  

माथिल्लो मैलुन खोलाको त वार्षिकीकृत इपीएस नै ०.४० पैसाले नेगेटिभ छ । प्रतिसेयर नेटवर्थ ९४.३६ रुपैयाँ तथा रिटर्न अन इक्वीटी ०.११ प्रतिशतले नेगेटिभ छ ।  

पहिलो त्रैमाससम्ममा यो कम्पनी ३० लाख खूद घाटामा छ । कुल ८७ करोड १५ लाख चुक्तापूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ ४ करोड ९१ लाख रुपैयाँले नेगेटिभ छ ।  

मिड सोलूले भने पहिलो त्रैमासमा १७ लाख रुपैयाँ नाफा कमाएको छ । ७४ करोड ८४ लाख चुक्तापूँजी रहेको कम्पनीका लागि १७ लाख नाफा हात्तीको मुखमा जीरा जस्तै हो ।  

किन हुन्छ खेल ?  

लामो समयसम्म सुस्ताएको नेपालको सेयर बजार फेरि चलायमान हुने संकेतहरु देखिएका छन् । बजार एकपटक २२०० विन्दू चुमेर केही अंकको करेक्सनसहित पुनः माथि जाने प्रयासमा छ । यसले लगानीकर्ताहरुको मनोबल पहिलाभन्दा बलियो बन्दै गरेको देखाउँछ । लगानीकर्ताहरु आफ्नो पोर्टफोलियोमा सेयर थप्न उत्साहित भइरहेको माहौललाई कतिपय खेलाडीहरुले पैसा कमाउने बाटो बनाउने गर्छन् । यी दुई हाइड्रोको सेयरमूल्यमा पनि खेलाडीहरुले यस्तै खेल गर्न खोजेका हुन् ।  

यस्ता साना कम्पनीको सेयर बजारमा थोरै कित्ता मात्र सूचीकृत हुन्छ । सप्लाई थोरै हुँदा ठूला खेलाडीहरुले यस्ता कम्पनीलाई आफूअनुकुल खेलाइदिन्छन् । कुनै बेला सबै सप्लाई आफैंले खाएर बजारमा अभाव सिर्जना गरी मूल्य बढाउँछन् भने किन्नुपर्ने बेलामा आफूसँग भएको सबै सेयर बेचेर सप्लाई बढाई मूल्य ओरालो लगाइदिन्छन् । फेरि आफ्नो टार्गेट मूल्यसम्म झारेर सेयर उठाउँछन् र सोझालाई फसाउँदै फेरि सुनियोजित ढंगले मूल्य बढाई टोपी लगाइदिन्छन् ।  

नेपालमा यस्ता क्रियाकलाप खुलेआम झै गरिन्छ । सेयर बजारमा हुने यस्ता खालका खेलहरु नियमनका लागि सख्त कानून नबन्दा र बनेका कानूनहरुको कार्यान्वयन पक्ष पनि प्रभावकारी नहुँदा आज(आइतबार)जस्तै इपीएस नेगेटिभ भएका र नेटवर्थ १०० वा सोभन्दा कम भएका कम्पनीहरुमा अनायसै पोजिटिभ सर्किट लागिदिन्छ । बजारमा माहौल बनेको बेला यस्ता घटना झनै बढी हुनसक्छन् । यस्तो बेलामा सर्वसाधारण लगानीकर्ता चनाखो बन्नुको अर्को विकल्प छैन ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.