मंगलवार, आश्विन २०,२०८३ 06:01:34
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 06:01:34
Bizshala
Global IME Bank Limited

एनआइसी एशियाका ५ वटै म्युचुअल फण्डको न्याभ रु. १० भन्दा माथि, अझै बढ्नसक्ने

Bizshala
एनआइसी एशियाका ५ वटै म्युचुअल फण्डको न्याभ रु. १० भन्दा माथि, अझै बढ्नसक्ने
New Office

काठमाण्डौ । एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित ५ वटै म्युचुअल फण्डहरुको पुष महिनामा प्रतिइकाई खुद सम्पत्ति मूल्य(न्याभ) बढेको छ ।  

फण्डहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पुषमा नाफासँगै न्याभ र सूचीकृत सेयरमा लगानी समेत बृद्धि भएको छ । सूचीकृत धितोपत्रमा लगानी बढाउँदा नाफा र न्याभ बढेको कम्पनीले जनाएको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

एनआइसी एशिया ग्रोथ फण्ड, एनआइसी एशिया ब्यालेन्स्ड फण्ड, एनआइसी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड), एनआइसी एशिया डायनामिक डेब्ट फण्ड र एनआइसी एशिया फ्लेक्सी क्याप फण्डको न्याभ मंसिर महिनाको तुलनामा बढेको हो ।  

पाँचमध्ये सबैभन्दा बढी एनआइसी एशिया सेलेक्ट–३० को न्याभ ११ रुपैयाँ २५ पैसा पुगेको छ । अघिल्लो महिना सो फण्डको न्याभ १० रुपैयाँ ९२ पैसा थियो ।  

त्यस्तै, एनआइसी एशिया ग्रोथ फण्डको ११.१९ रुपैयाँ, फ्लेक्सी क्याप फण्डको ११.१३ रुपैयाँ, डायनामिक डेब्ट फण्डको १०.७२ रुपैयाँ र ब्यालेन्स्ड फण्डको १०.६५ रुपैयाँ पुगेको छ ।  

पछिल्लो केही दिनयता सेयरबजारमा सुधार देखिँदा क्यापिटलको सबै फण्डहरुको नाफा र न्याभ बढ्न पुगेको कम्पनीका प्रमुख संचालक अधिकृत (सीओओ) प्रज्ञरत्न शाक्यले बताए ।  

‘एनआइसी एशिया क्यापिटलद्वारा संचालित ५ वटै म्युचुअल फण्डहरुको न्याभ राम्रो छ, पुष महिनामा पनि सबै फण्डको न्याभ बृद्धि भएको छ।’ उनले भने, ‘केही समययता सेयरबजारमा पनि सुधार देखिएको छ, सूचीकृत सेयरमा लगानीको दायरा बढाउँदा फण्डहरुको नाफा बृद्धि भएको छ । अघिल्लो महिना घाटामा रहेको एनआइसी एशिया सेलेक्ट–३० ले समेत ३ करोड बढी नाफा आर्जन गर्न सफल भएको छ ।’

साथै फण्डहरुले लगानी बढाउँदै लैजाने समेत शाक्य बताउँछन् । लगानीको आधारमा फण्डहरुको न्याभ १० रुपैयाँभन्दा तल नआउने समेत उनले अनुमान लगाएका छन् ।  

पुष महिनामा सबैभन्दा बढी एनआइसी एशिया सेलेक्ट–३० ले ८१ करोड ६९ लाख रुपैयाँभन्दा बढी लगानी गरेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.