काठमाण्डौ । विद्युतीय गाडी (ईभी) ब्रान्ड ओमोडाले ‘आईसीसी पुरुष टी ट्वान्टी क्रिकेट विश्वकप’को अवसरमा ‘नेपाल स्कोर्स,ओमोडा ग्रोज्’ नारामा एक वातावरणीय योजना ल्याएको छ। जसअन्तर्गत नेपाली क्रिकेट टोलीले हासिल गर्ने प्रत्येक रन वा विकेटमा ओमोडाले ले रुख रोप्नेछ ।
यस अभियानअन्तर्गत ओमोडाले हरेक रनमा १ रूख रोप्ने संकल्प गरेको छ। त्यसैगरी हरेक चौकामा ५ रूख रोपिने छ भने हरेक छक्का र हरेक ‘विकेटमा १० रूख रोपिनेछ। यसअन्तर्गतको वृक्षारोपणका लागि ब्रान्डसँगै नेपाल भररहेका ओमोडा खरिदकर्ता तथा चालकहरूले सहभागिता जनाउनेछन्।
एसपीजी अटोमोबाइल्स प्रालिका निर्देशक गौरव शारडाले भन्छन्, ‘यो अभियान दिगो भविष्यप्रति हाम्रो प्रतिबद्धताको एउटा महत्वपूर्ण कदम हो। यो पहलले आधुनिक र वातावरणमैत्री प्रविधिको प्रयोगबाट पर्यावरणको संरक्षण गर्ने प्रमुख लक्ष्यमा आधारित रहेको छ।’