काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको झण्डै २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले एक सूचना जारी गर्दै १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमाफर्त बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले साउन ८ गते अपरान्ह ३ बजेभित्र आवेदन दिई सक्नुपर्नेछ ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७ सय रुपैयाँ निर्धारण गरिएको छ । संस्थापक सेयर खरिदका लागि न्यूनतम १ सय कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको ठमेलस्थित कार्यालयमा आईपुग्ने गरी बोलपत्र आवेदन पेश गर्नु पर्नेछ ।