आईतवार, फाल्गुन ११,२०८१ 02:13:47
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:13:47
IME remit
Global IME Bank Limited

एकमहिना सत्ता नछाड्ने माओवादी–रास्वपाको रणनीति, नक्कली शरणार्थीदेखि गिरिबन्धुसम्मका आरोपीलाई पक्राउ गर्ने

Hyundai Nepal
एकमहिना सत्ता नछाड्ने माओवादी–रास्वपाको रणनीति, नक्कली शरणार्थीदेखि गिरिबन्धुसम्मका आरोपीलाई पक्राउ गर्ने
Nabil Bank Limited

काठमाण्डौ । राष्ट्रिय राजनीतिमा नयाँ–नयाँ घटनाक्रमहरु देखिन थालेका छन् । केही घटनाक्रमहरुले मुलुकका प्रमुख राजनीतिक शक्तिहरुबीच मूठभेड हुनसक्ने संकेतहरु पनि देखाइरहेका छन् ।  

कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार बनाई प्रदेश स्तरसम्मै सत्ता बाँडफाँडदेखि संविधान संसोधनसम्मका विषयमा सम्झौता भएपछि अवस्था थप पेचिलो बनेको छ ।  

सोमबार मध्यराति कांग्रेस–एमालेबीच नयाँ सरकार बनाएर अगाडि बढ्ने सम्झौता भए पनि मंगलबार बिहानैदेखि अवस्था केही फरक ढंगले अगाडि बढेको देखिएको छ । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

कांग्रेस–एमालेले आफूहरुले सहमति गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले राजीनामा गरी मार्गप्रशस्त गर्ने आशा गरेका थिए । तर, प्रचण्डलाई माओवादी केन्द्रका पदाधिकारीहरुले गलेर राजीनामा नदिन र संसद फेश गर्न सुझाव दिएपछि अवस्था केही फरक ढंगको हुने अनुमान गरिएको छ । माओवादीका पदाधिकारीहरुसहित मंगलबार बिहान बालुवाटारमा बसेको बैठकले तत्काल प्रमले राजीनामा गर्न नहुने निर्णय गरेपछि दलहरुबीच मूठभेड हुने सम्भावना बढेको छ ।  

तर प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने, बरु संसदमा विश्वासको मत लिनेसम्मको योजना बनाउनु पछाडि उनको एक्लो आँटले मात्र काम गरेको छैन । उच्च स्रोतहरुका अनुसार प्रचण्डलाई तत्काल राजीनामा नदिने विषयमा हौसाउने काम राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेका छन् । रास्वपाले कांग्रेस–एमालेको सम्झौताअनुसार बन्ने सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ । तर, त्यसअघि नै रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेर संविधानको व्यवस्थाअनुसार १ महिनासम्म सरकार छाडिहाल्नुपर्ने बाध्यता नरहेको र यो बीचमा जनताको मन जित्ने गरी केही आक्रामक काम गर्न सकिने सुझाएका उच्च स्रोतले दाबी गरेको छ । लामिछानेको सुझावपछि नै प्रधानमन्त्री प्रचण्ड केही हौसिएका स्रोत बताउँछ ।  

माओवादी केन्द्र र रास्वपाले कांग्रेस–एमाले बीचको नयाँ सत्ता समीकरण बन्नु पछाडिको प्रमुख कारण नक्कली भूटानी शरणार्थी प्रकरणका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजू देउवा नै मुछिएको र आरजूलाई पक्राउ गर्ने तयारी भइरहेको सूइँको पाएपछि सत्ता नै परिवर्तनसम्मको खेल खेलिएको भाष्य निर्माण गर्न खोजिरहेका छन् ।  

यसैगरी, गिरिबन्धु टीको जग्गा प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत विगतदेखि नै जोड्ने गरिएको छ । सो प्रकरणको अनुसन्धानलाई पनि तीव्र बनाई १ महिनाभित्रै आवश्यक परे ओलीसम्मलाई पक्राउ गर्नेसम्मको साहस रविले प्रचण्डलाई दिएका बुझिएको छ ।  

रविले केही उच्च प्रहरी अधिकारीहरुले आफूहरुको भ्रष्टाचारविरोधी अपरेसनमा साथ दिने दाबी समेत गरेका छन् ।  

रविले संविधानको व्यवस्थाअनुसार सत्ता सहयात्री दलले प्रधानमन्त्रीलाई गरेको समर्थन फिर्ता लिएको १ महिनाभित्र पुनः विश्वासको मत लिनुपर्ने हुन्छ । कांगे्रेससँग सत्ता सहकार्यको सम्झौता गरेको भए पनि एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । एमालेले समर्थन फिर्ता लिएको औपचारिक जानकारी गराएपछि पनि एकमहिनाभित्र मात्र प्रचण्डले विश्वासको मत लिनुपर्ने हुन्छ। त्यही अवधिभित्र उथलपुथल गर्ने रणनीतिमा माओवादी र रास्वपा रहेका बुझिएको छ ।  

रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेले केही दिनमै नक्कली भूटानी शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी आरजु राणा देउवालाई पक्राउ गर्ने योजना बनाएका छन् । कांग्रेस र एमालेका नेताहरु संलग्न भ्रष्टाचारका अन्य फाइलहरु समेत खोल्ने र एक एक गरी नेताहरुलाई पक्राउ गरी जनताको सहानुभूति प्राप्त गरी सत्ता छाड्ने उनीहरुको योजना छ । यसो गरिएको खण्डमा २०८४ को चुनावमा आफूहरुलाई सजिलो हुने उनीहरुको बुझाई छ । यहीकारण समेत प्रचण्डले गलेर राजीनामा दिन नचाहेका माओवादीको उच्च स्रोतले दाबी गरेको छ ।  

यसैबीच, एकमहिनाको अवधिमा आफूहरुले समेत राजनीतिक चलखेल गर्न सकिने उनीहरुको विश्लेषण छ ।  

कांग्रेस एमाले गठबन्धन र केपी शर्मा ओली प्रधानमन्त्री हुने विषयलाई भारतले मन नपराएको र यस्ता शक्तिहरुलाई समेत अगाडि सारेर फरक परिस्थिति निर्माणसम्म गर्न सकिने माओवादी रास्वपाको बुझाई छ । यसले समेत एकमहिनापछि संसद फेस गरेर मात्रै सरकार छाड्ने उनीहरुको योजना छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.