बिहीबार, श्रावण २१,२०८३ 12:20:53
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 12:20:53
Bizshala
Global IME Bank Limited

एक वर्षमा ओटीसी बजारमा ५ अर्ब बढीको कारोबार, सर्वाधिक कसको ?

एक वर्षमा ओटीसी बजारमा ५ अर्ब बढीको कारोबार, सर्वाधिक कसको ?
New Office

काठमाण्डौ । आर्थिक वर्ष २०८०/८१ मा नेप्सेको ओटीसी बजारमा ५ अर्ब बढीको कारोबार भएको छ । ४ करोड ४ लाख ७३ हजार ६१८ रुपैयाँबराबरको कारोबार भएको छ ।  

नेप्सेले जारी गरेको तथ्यांकअनुसार गत आवमा ओटिसि बजारमार्फत ५ अर्ब ४ करोड ४ लाख ७३ हजार ६१८ रुपैयाँबराबरको कारोबार भएको हो । हालसम्म जम्मा २४४ वटा कम्पनीले ओटिसि बजारमा कारोबार गरेका छन् ।  

गत आवमा लर्ड बुद्ध एजुकेसन एकेडेमीको सबैभन्दा धेरै कारोबार गरेको छ । कम्पनीले यो अवधिमा ओटिसि बजारमार्फत १२ लाख ४ हजार ५८३ कित्ता सेयर ६५ करोड ४ लाख ७४ हजार ८२० रुपैयाँमा कारोबार गरेको छ । यो कम्पनीको सेयर प्रतिकित्ता ५४० रुपैयाँमा कारोबार भएको थियो ।  

गत आवमा ओटीसी बजारमा कारोबार भएका कम्पनीहरुमध्ये वल्र्डलिंकको सर्वाधिक सेयरमूल्यमा कारोबार भएको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९ हजार ३७५ रुपैयाँमा कारोबार भएको छ । यो कम्पनीको १२ करोड ५५ लाख बढीको सेयर कारोबार भएको छ । 

२०७२ माघ १८ गतेदेखि कम्पनी रजिस्ट्रारको कार्यालयको सूचनाअनुसार नेप्सेमा सूचीकरण नभएका कम्पनी, सूचीकरण खारेज भएका कम्पनी तथा सूचीकरणका लागि आवश्यक सर्तहरु पूरा हुन नसकी सूचीकरण हुन नसकेका पब्लिक कम्पनीहरुको सेयर कारोबार तथा नामसारी नेप्सेमा ओटीसी बजारमार्फत कारोबार गर्न सकिने व्यवस्था रहेको छ। 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.