आईतवार, फाल्गुन ११,२०८१ 02:30:04
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:30:04
IME remit
Global IME Bank Limited

संस्थापक सेयरको लकइन अवधि परिमार्जन तथा सेयरको लिलाम प्रक्रियालाई स्वचालित गर्दै बोर्ड

Hyundai Nepal
संस्थापक सेयरको लकइन अवधि परिमार्जन तथा सेयरको लिलाम प्रक्रियालाई स्वचालित गर्दै बोर्ड
Nabil Bank Limited

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले चालु आ्व २०८१/८२ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेको छ । बोर्डले धितोपत्रको निष्काशन, खरिद,बिक्री तथा विनिमयलाई व्यवस्थित गर्न र बजारको विकास, विस्तार गरी पुँजी बजारको दायरा वृद्धि गर्न तथा इच्छुक सबैमा पुँजी बजार तथा नियमनको पहुँच पुर्याउन, लगानीकर्ताको हकहित रक्षा गर्न, पुँजीको उत्पादकत्व बढाउँदै उत्पादनमूलक क्षेत्रमा वित्तीय स्रोत प्रवाहमा वृद्धि गर्न, उद्यमशीलता तथा नवप्रर्वतनका लागि सर्वसुलभरुपमा पुँजी प्रवाहको व्यवस्था गरी यस्ता गतिविधिहरुलाई प्रोत्साहन गर्न आर्थिक वर्ष २०८०/८१ मा भएका नीतिगत उपलब्धिका समीक्षा गर्दै चालु आवका लागि नीति तथा कार्यक्रमहरु तय गरिएको जनाएको छ ।  

बोर्डले आर्थिक वर्ष २०८१/८२ को लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास, विस्तार तथा सुधारसम्बन्धी लिएका नीतिहरु हासिल गर्न सञ्चालन गरिने कार्यक्रमहरु यस्ता छन् ः

– धितोपत्र बजारलाई थप स्वच्छ, प्रतिस्पर्धी र पारदर्शी बनाई बजारको स्थायित्व तथा लगानीकर्ताको हित प्रवद्र्धन गरी धितोपत्र बजारमा जन विश्वास बढाईनेछ ।

– पुँजी बजारको दीर्घकालीन विकाससम्बन्धी नीतिगत व्यवस्थाका लागि पुँजी बजारसम्बन्धी राष्ट्रिय नीतिको मस्यौदा तर्जुमा गर्ने,

–वित्तीय क्षेत्रका नियामक लगायत पुँजी बजारका विषयमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभाव पार्ने अन्य निकायसँग नीतिगत तथा कार्यगत समन्वय बढाउन अन्तरक्रिया कार्यक्रम संचालन गर्ने  

–धितोपत्र व्यवसायी (मर्चेण्ट बैंकर), क्रेडिट रेटिङ्ग कम्पनी र धितोपत्र दलाल व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम संचालन गर्ने  

नेपाल धितोपत्र बोर्डको संस्थागत सुदृढीकरण र संरचनागत सुधार तथा क्षमता अभिवृद्धि गर्दै लगिनेछ  

– नेपाल धितोपत्र बोर्डको घरजग्गा प्राप्ति प्रक्रिया अगाडि बढाउने

–देशको संघीय संरचना अनुसार पुँजी बजारको नियमन पहुँच बढाउन बोर्डको प्रादेशिक कार्यालय स्थापना सम्बन्धी संभाव्यता अध्ययन गरिनेछ  

–बोर्डको वार्षिक बजेट तर्जुमा कार्यमा सुधार ल्याउन बजेट तर्जुमा म्यानुअल तयार गर्ने

–बोर्डको चार वर्षीय रणनीतिक योजना कार्यान्वयनको समीक्षा गर्ने र बोर्डको तेस्रो चार वर्षीय रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउने  

–बोर्डको उच्च शिक्षा अध्ययन कार्यविधि परिमार्जन गर्ने एवं बोर्डको कर्मचारी एकीकृत सापटी सुविधा सम्बन्धी कार्यविधि तर्जुमा गर्ने  

Shivam Cement
CG Motors
Sagarmatha Cement

– धितोपत्र बजार बाह्य नियामक निकाय तथा व्यवसायिकता विकास सम्बन्धी संस्थासँग दीर्घकालीन समन्वय र साझेदारी विकास गर्ने सम्बन्धी Memorandum of Understanding (MoU)  कार्य नेपाल सरकार, अर्थ मन्त्रालयसँग समन्वय गरी अगाडि बढाउने  

– पुँजी बजारको सुधार तथा विकास, वित्तीय साक्षरता लगायतका विषयमा तालिम, सेमिनार, गोष्ठी लगायतका अन्य कार्यक्रमहरुको आयोजना गर्ने

–बोर्डबाट सम्पादन गर्ने कार्यहरुलाई प्रभावकारी एवं सहज बनाउन आवश्यक भौतिक सामाग्री, सफ्टवेयरलगायत अन्य सामाग्री खरिदको नियमानुसारको प्रकृया अगाडि बढाई खरिद कार्य गर्ने  

–बोर्डका कर्मचारी तथा पदाधिकारीहरुको क्षमता अभिवृद्धि गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम, प्रशिक्षण तथा अवलोकन कार्यक्रमहरुमा सहभागी गराउने

–बोर्डको लेखा म्यानुअल बनाउने  

–बोर्डकोआन्तरिक कार्य संचालन निर्देशिका तर्जुमा गर्ने 

–धितोपत्र बजारको थप प्रभावकारी नियमन तथा सुपरिवेक्षण मार्फत् गलत अभ्यासलाई निरुत्साहित गरिनेछ  

–धितोपत्र दलाल व्यवसायी तथा मर्चेन्ट बैंकरको जोखिममा आधारित सुपरिवेक्षण ढाँचा -Risk-Based Supervision Framework  लागू गर्ने  

–सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल, २०७७ अनुसार कम्तीमा १५ सूचक संस्थाको स्थलगत सुपरिवेक्षण गर्ने  

–धितोपत्र निष्काशनका क्रममा निष्काशनकर्ता कम्पनीले सार्वजनिक निष्काशनबाट संकलित रकम विवरणपत्रमा उल्लेख भए बमोजिम सदुपयोग गरे/नगरेको सम्बन्धमा सुपरिवेक्षण गर्ने  

–सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा अन्य सरोकारवाला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग आवश्यक सहयोग र समन्वय गर्ने  

–सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा छ कार्ययोजनामा नियमन निकाय तथा अनुसन्धानकारी निकायका लागि तोकिएका कार्यहरु गर्ने  

–धितोपत्र बजारमा हुने दैनिक कारोवार, कारोवार रकम, कारोवार हुने कम्पनी, कारोवार भएको धितोपत्र आदिको Real Time Surveillance गर्ने तथा नियमित रुपमा बजार तथा कारोबारको अनुगमन तथा सुपरिवेक्षण गरी सुपरिवेक्षणका क्रममा कुनै गलत अभ्यास भएको देखिएमा सो को प्रारम्भिक जाँचबुझ गर्ने  

–धितोपत्र बजार, केन्द्रीय निक्षेप कम्पनी, धितोपत्र व्यवसायी (मर्चेण्ट बैंकर), क्रेडिट रेटिङ्ग कम्पनी, धितोपत्र दलाल तथा धितोपत्र व्यापारी, निक्षेप सदस्य र सामूहिक लगानी कोष तथा विशिष्टीकृत लगानी कोषहरुको कुल संख्याको कम्तिमा १५ प्रतिशतको स्थलगत सुपरिवेक्षण गर्ने  

–सूचीकृत संगठित संस्था, धितोपत्र बजार, केन्द्रीय निक्षेप कम्पनी, निक्षेप सदस्य, मर्चेण्ट बैंकर, क्रेडिट रेटिङ्ग कम्पनी, आस्वा सदस्य, धितोपत्र दलाल, धितोपत्र व्यापारी, सामूहिक लगानी कोष, विशिष्टीकृत लगानी कोषहरुको वित्तीय विवरण, सूचना तथा जानकारी तथा अन्य काम कारवाहीहरुको गैरस्थलगत सुपरिवेक्षण गर्ने  

–धितोपत्र बजार र धितोपत्र व्यवसायीहरुको विस्तृत विवरण अद्यावधिक गर्ने  

– संगठित संस्थाहरुबाट हुने सेयरको सार्वजनिक निष्काशन, ऋणपत्र निष्काशन, सामूहिक लगानी योजना, विशिष्टीकृत लगानी कोष दर्ता तथा निष्काशन गर्न स्वीकृति प्रदान गर्ने  

–धितोपत्र व्यवसायी, योग्य संस्थागत लगानीकर्ता तथा विशिष्टीकृत लगानी कोषको अनुमतिपत्र तथा दर्ता प्रमाणपत्र प्रदान गर्ने एवं नवीकण गर्ने 

–धतोपत्र बजार र धितोपत्र व्यवसायको नियमन तथा सुपरिवेक्षण कार्यलाई विद्युतीय प्रणालीमा आवद्ध गर्दै लगिनेछ  

–बोर्डको वेबसाइटलाई परिष्कृत गरी थप सूचनामूलक बनाउने  

–IPO Allotment सफ्टवेयरका Vulnerability Assessment and Penetration Testing (VPAT) तथा अन्य प्राविधिक पक्षहरुका सम्बन्धमा अध्ययन गरी आवश्यक सुधार गर्ने  

–पुँजी बजारसम्बन्धी तथ्यांकहरुको केन्द्रीय व्यवस्थापन तथा तथ्यांक उपलब्धताको सहज व्यवस्थापन गर्न केन्द्रीय पुँजी बजार तथ्यांक बैंकरपोर्टल -Central Capital Market Data Bank/Portal स्थापना सम्बन्धमा अध्ययन गर्ने

–धितोपत्र बजार सूचना प्रविधि निर्देशिका तयार गर्ने  

–धितोपत्र बजारमा प्रयोग हुने सूचना प्रविधिका साधन तथा प्रणालीको सम्परिक्षण ढाँचा -System Audit Framework_  तयार गर्ने  

–बोर्डका कार्य संचालनका लागि आवश्यक हुने सफ्टवेयर तथा हार्डवेयर खरिद, विकास तथा प्रयोग गर्ने व्यवस्था मिलाउने  

–बोर्डका सूचना प्रविधिको उपयोगलाई सुरक्षित बनाउनFirewallर EDR/FIM प्रणालीहरुको व्यवस्था गर्ने  

–बोर्डको आफ्नै डाटा सेन्टर स्थापना गर्ने  

–धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा हुने कारोबारको अनुगमन तथा सुपरिबेक्षण गर्न अन्तर्राष्ट्रिय रुपमा प्रयोग भैरहेका ब्क्ष् द्यबकभम एकीकृत वास्तविक समय सुपरिबेक्षण प्रणाली(Integrated Automated Market Surveillance System) प्रयोगमा ल्याउन अध्ययन गर्ने

–हकप्रद सेयर र संस्थापक सेयरको लिलाम बिक्रीलाई व्यवस्थित गर्न Automated Auction System लाई कार्यान्वयनमा ल्याउन निर्देशन दिने  

–बोर्डको लेखा प्रणालीलाई चुस्त दुरुस्त र सहज बनाउन लेखा प्रणालीसम्बन्धी Software खरिद गर्ने  

–गुनासो तथा उजुरी समाधान सम्बन्धी केन्द्रीकृत गुनासो व्यवस्थापन प्रणालीको व्यवस्था गर्ने  

–बोर्डको बजार सुपरिवेक्षण कार्यलाई प्रभावकारी बनाउन Supervisory Information System-SIS विकास गरी कार्यान्वयनमा ल्याउने सम्बन्धी अध्ययन गर्ने  

–बुक विल्डिङ्ग विधि मार्फत सार्वजनिक निष्काशनलाई थप व्यवस्थित बनाउन नियमावली तथा निर्देशिकामा आवश्यक परिमार्जन गर्ने  

–धितोपत्रको सार्वजनिक निष्काशनमा नेटवर्थ तथा प्रिमियम मूल्य निर्धारण सम्बन्धमा एकरुपता कायम गर्न प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिको निर्देशन तथा अन्तर्राष्ट्रिय प्रचलनलाई समेत मध्येनजर गरी Standards/Guidelines तयार गर्ने ।

–सूचिकृत संगठित संस्थाको संस्थापक सेयरको हाल कायम लकइन अवधि सम्बन्धी व्यवस्थामा अध्ययन गरी परिमार्जन गरिनेछ  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.